Praise My Mart has launched an online service to deliver across the Kathmandu Valley

काठमाडौं। स्तुति मेरो मार्टले कोरोना संक्रमणलाई ध्यान दिएर अनलाइनमार्फत सामान खरिद सेवा संचालनमा ल्याएको छ। कम्पनीको  www.stutionline.com मा लगइन गरेर सामान खरिद गर्न सकिन्छ।

कम्पनीले काठमाडौं उपत्यकाभित्र अनलाइनमार्फत खरिद गरेका सामान डेलिभरी गर्ने जनाएको छ। सात वर्ष अघि संचालनमा आएको यो मार्टको सिनामंगल, पेप्सीकोला, कात्यानी र कपनमा रिटेल चेन छ। कम्पनीको सेन्ट्रल स्टोर बानेश्वरको थापागाउँमा छ।

यो कम्पनी एडभरटाइजिङ एजेन्सी एनएसको सिस्टर कम्पनी हो। कम्पनीले ग्राहकलाई सर्वसुलभ मूल्यमा सामान बिक्री गर्ने जनाएको छ। यो मार्टमा २३ हजारभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका दैनिक उपभोग्य वस्तु, कस्मेटिकका सामान, मदिरा, बच्चाको खेलौना, पेय पदार्थ पाइन्छ ।

Source: https://bizmandu.com/content/20200911152101.html

Latest Blog Posts
कमलपोखरीस्थित सिटी सेन्टरले दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुल...
स्मार्ट डोको ई–कमर्श एपले दशैंको अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । अफर अन्तर्ग...
Now you can order from bhatbhateni and get your groceries delivered to your doorstep by Foodbusters....
अनलाइन फूड डेलिभरी सेवा दिँदैं आएको राइड सेयरिङ एप 'पठाओ'ले  अनलाइन फूड डेलिभरीमा आकर्षक योजना ...