‘Celpe Salisbury Offer’ in operation

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी ‘सेलपे सेल्सबेरी अफर’  ल्याएको छ । यो अफर कार्तिक ३० गते सम्म लागु हुनेछ्र ।

यो अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट स्क्यान एण्ड पे मार्फत भुक्तानी गरे १५ प्रतिशत वा ९अधिकतम रु ५००० पाउने छन् । 

‘सेलपे सेल्सबेरी अफर’ मा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सबेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुहोस् र सेलपे एप्पमा रहेको  पे मर्चेन्ट मा क्लिक गरि काउण्टर मा रहेको स्क्रीनमा देखाएको क्यु–आर कोर्ड स्क्यान गरि भुक्तानी गर्न सक्नेछ । 

यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नु पर्नेछ । यो अफर कार्तिक ३० गते सम्म लागु हुने जनाएको छ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ

  1. बास्तविक समयमा भुक्तानी 
  2. बिना वालेट कारोबार गर्न सकिने 
  3. सरल एवं सुरक्षित
  4. लोयाल्टी पोइन्ट्स पाईने

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, , बिमा रकम भुक्तानी, इएमआई भुक्तानी, कोविड१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, P2P, P2B, B2P, B2Bआदि वास्तविक समयमा गर्न सकिन्छ । 

Latest Blog Posts
एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले चार्ड पर्वको अवसरमा क्यास ब्याक अफर योजना ल्या...
अनलाइन शपिङ साइट दराजले दशैं सेल ‘दराज दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । कम्पनीले घर...
भुक्तानी सेवा प्रदायक इसेवा Esewa ले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक य...
ग्यापु मार्केट प्लेसले चाडपर्व लक्षित विभिन्न अफर ल्याएको छ । कम्पनीले  ‘दशैँ तिहार धमाका...