Call, earthen brand fruits and vegetables arrive at home

तपाइँको घरमा फलफूल तथा तरकारी सकिएको छ? एक कल फोन गर्नुस् घरमै आइपुग्छ। गोल्यान समुहले माटो ब्राण्डको फलफूल तथा तरकारी घरमै डेलिभरी गर्दै आएको छ। काेभिड-१९ लाइ मध्येनजर गरेर समुहले हाेम डेलिभरीकाे सेवा सुरु गरेकाे हाे। 

समुहसँग अर्ग्यानिक तथा विषादीरहित तरकारी तथा फलफूल रहेका छन्। समुहले केही सामान आफ्नै त केही सामान अन्य  किसानसँग  लिएर बेच्ने गरेकाे छ। 

अर्डरका लागि उपभोक्ताले ९८०१०६१८६१ वा ९८०१०६८०९४ नम्बरमा फोन गर्नुपर्ने गोल्यान एग्रोकी निर्देशक लतिका गोल्यानले बताइन्।

‘हामी उपभोक्तालाई अनलाईन अर्डरको लागि पनि योजना बनाइरहेका छौं। अहिले भने कल सेन्टरमार्फत् नै अर्डर लिइरहेका छौं,’ उनले भनिन्।

उनकाअनुसार ग्राहकले न्यूनतम ५ सय मूल्य बराबरको सामान अर्डर गर्नुपर्ने छ। डेलिभरी शुल्क भने लाग्ने छैन।

कम्पनीले काठमाण्डु, भक्तपुर तथा ललितपुरमा सेवा दिइरहेको छ। उनकाअनुसार ग्राहकले न्यूनतम ५ सय मूल्य बराबरको सामान अर्डर गर्नुपर्ने छ। सामान २४ घण्टा भित्रमा डेलिभरी हुने छ। डेलिभरी शुल्क भने लाग्ने छैन। 

साथै समुहले नेपालमै बनेको स्यानिटाइजर पनि बेच्न थालेको छ। उक्त स्यानिटाइजर ५० मिलिलिटर, ७५ मिलिलिटर, ५ सय मिलिलिटरमा उपलब्ध रहेको छ।

समुहसँग करेला, भिण्डी, गोल्भेडा, प्याज, काँक्रो, मुला, मस्यौरा, च्याउ, निउरो, रायोको साग, बन्दा, काउली, खुर्सानी, फर्सिको मुन्टा धनिँयालगायतका मौसमी तरकारी रहेको छ। त्यस्तै केरा, आँप, स्याउ, खर्बुजा, भुइँकटर, मेवालगायतका फलफूल रहेका छन्।

तरकारी तथा फलफूलको मूल्य भने माटोको फेसबुक पेज https://www.facebook.com/MatoNepal र इन्स्टाग्राममा दैनिक राखिने निर्देशक गोल्यानले बताइन्।

‘हामीले उपभोक्तालाई सहज होस् भनेर हामीसँग भएका तरकारी तथा फलफूलको सूची र मूल्य दैनिक फेसबुक पेज र इन्स्टामा राख्ने गरेका छौं,’ उनले भनिन्, ‘ग्राहकले त्यहीँ हेरेर अर्डर गर्न सक्नेछन्।’

साथै समुहले नेपालमै बनेको स्यानिटाइजर पनि बेच्न थालेको छ। उक्त स्यानिटाइजर ५० मिलिलिटर, ७५ मिलिलिटर, ५ सय मिलिलिटरमा उपलब्ध रहेको छ।

Source: https://www.setopati.com/kinmel/agriculture/210927

Latest Blog Posts
एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले चार्ड पर्वको अवसरमा क्यास ब्याक अफर योजना ल्या...
अनलाइन शपिङ साइट दराजले दशैं सेल ‘दराज दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । कम्पनीले घर...
भुक्तानी सेवा प्रदायक इसेवा Esewa ले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक य...
ग्यापु मार्केट प्लेसले चाडपर्व लक्षित विभिन्न अफर ल्याएको छ । कम्पनीले  ‘दशैँ तिहार धमाका...