Internet Offer by Dishome

नेपालमा डिटिएच (डाइरेक्ट टु होम) टिभीको सेवा दिइरहेको डिश होम नेटवर्कले २३३ रुपैयाँमै २५ एमबीपीएस गतिको इन्टरनेट सेवा दिन थालेको छ। कम्पनीले कम्बो प्याकेजको रूपमा यस्तो सेवा दिन थालिएको डिस होमका जनरल म्यानेजर रमेश सापकोटाले जानकारी दिए। कम्बो अफरअन्तर्गत डिशहोमको लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क रूपमा १० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन्। जसअनुसार वार्षिक ७२०० रुपैयाँ अर्थात मासिक ५०० रुपैयाँ तिरेर डिशहोमको  लाइफ स्टाइल प्याकेज लिएको हुनुपर्नेछ। त्यस्तै मासिक ६०० रूपैयाँ तिरेर डिशहोमको लाइफ स्टाइल प्याकेजका ग्राहकले थप २३३ रूपैयाँ थप्दा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्न सकिने सापकोटाले सेतोपाटीलाई जानकारी दिए।

कम्पनीले आफ्नो प्रिमियम प्याकेजको मूल्यसमेत मासिक ७०० रुपैयाँबाट ६०० रुपैयाँमा झारेको छ। त्यसमा मासिक २३३ रूपैयाँ थपेर ८३३ रूपैयाँ तिर्दा २५ एमबीपीएसको इन्टरनेट पाउने सापकोटाले बताए। यी प्याकेजहरु भ्याटबाहेक रहेको कम्पनीले स्पष्ट पारेको छ। यद्यपी टिभिको मुख्यमा भ्याट समावेश गरिएको हुन्छ। डिशहोम नभएका ग्राहकले कम्पनीले तोकेको मुल्यामा आफूलाई आवश्यक पर्ने प्याकेज लिनसकिने सापकोटाले जानकारी दिए। उनले  टेलिभिजनको सुविधा लिने ग्राहकलाई इन्टरनेट सुविधा दिने बताए। उनले हाल इन्टरनेट सेवा डिशहोम फाइबर नेट पुगेको ठाउँमा मात्रै उपलब्ध हुने स्पष्ट पारे।

कम्पनीको इन्टरनेट सेवा हाल काठमाडौंका प्रायः सबै मुख्य भागहरुमा, ललितपुर, भक्तपुर,इटहरी, हेटौंडा र इनरुवामा उपलब्ध छ । अब चाँडै नै विराटनगर र धरानमा समेत इन्टरनेट सेवा सुरु हुनेछ। यस्तै पोखरामा यो लकडाउनसकिए लगत्तै सुरू हुने सापकोटाले जानकारी दिए। डिशहोम फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरुमा विशेष छुट दिइरहेको छ। निःशुल्क जडान गरिने डिशहोम फाइबरनेटमा बार्षिक भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। सन् २०२१ भित्रमा देशका प्रमुख शहरहरुमा डिशहोम फाइबर नेट विस्तार हुने उनले जानकारी दिए । 

‘हामीले फाइबार नेटका लागि चीनको ह्वावे कम्पनीसँग काम गरिरहेका छौं,’ सापकोटाले भने, ‘ह्वावे विश्वमै चिनिएको टेलिकम्युनिकेशन जायण्ट हो, हामीले फाइबरदेखि अन्य आवश्यक उपकरणहरु ह्वावेसँगै लिएका छौं जुन सामग्रीहरु अत्याधुनिक प्रविधियुक्त छन्।’ यसरी २०२० को उच्च प्रविधियुक्त सामान र उपकरणहरुको प्रयोग भएको हिसाबले सेवाको गुणस्तरमा पहिलादेखि बजारमा भएका अन्य सेवा प्रदायकहरुको भन्दा अब्बल रहने उनको  दाबी छ। त्यसबाहेक बिक्रीपछिको सेवा र सुपथ मासिक शुल्क पनि डिस फाइबर नेटका अरुभन्दा भिन्न देखाउने मुख्य विशेषताहरु भएको उनको ठहर छ। ‘हामीले डिस होमका डिलरमार्फत ग्राहकले कनेक्सन लिने तथा केही समस्या आइपरे नजिक भए डिलरमार्फत् र नभए टोल फ्री नम्बरमा फोन गरेपछि तुरुन्तै प्राविधिकहरु गएर समाधान गर्ने द्रुत सेवा दिइरहेका छौं जुन अहिले बजारमा रहेका आईएसपीहरुमा देख्न पाइएको छैन,’ उनले भने।

डिशहोम प्रयोग गरिरहेका ग्राहकहरुलाई डिशहोम फाइबर नेट उपलब्ध गराउने कम्पनीको योजना रहेको उनले बताए। सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क १८ असार २०७४ बाट डिश होम पब्लिक लिमिडेट कम्पनीको रुपमा रुपान्तरण भएको छ भने कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी समेत गरिरहेको छ। डिश होमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन । हाल डिश होमका १५ लाख भन्दा बढी ग्राहकहरु रहेका छन्।

 

Source: https://www.setopati.com/kinmel/information-technology/239548

*Offerchha  is an online aggregator and does not guarantee, approve or endorse the information available on the site.*

 
Latest Blog Posts
Stocking up your groceries?Now Scan to Pay using eSewa at DG Grocery and enjoy upto 10% or Rs.300 di...
लामो समयदेखि दूरसञ्चार सेवाको लाइसेन्सका लागि प्रयत्नरत चौधरी ग्रुप इन्टरनेट सेवाप्रदायकका रुपमा आइए...
नेपालमा डिटिएच (डाइरेक्ट टु होम) टिभीको सेवा दिइरहेको डिश होम नेटवर्कले २३३ रुपैयाँमै २५ एमबीपीएस गत...
Buy these shampoo on deal at Saisha Cosmetics on Buy Two and Save 15% off. Also, get heavy discount...