Gyapu Special Dashain Tihar Offer

ग्यापु मार्केट प्लेसले चाडपर्व लक्षित विभिन्न अफर ल्याएको छ । कम्पनीले  ‘दशैँ तिहार धमाका २०७७’ अन्तर्गत ६० लाखसम्मको क्यास ब्याक र ११ लाख रुपैयाँ बराबरको बम्पर उपहारको अफर सुरु गरेकोह हो । ग्यापुबाट सामान किन्नेले बम्पर उपहारमा टनवालको इलेक्ट्रिक स्कुटर, वासिङ मेसिन, रेड्मी नोट ९ ‘प्रो’, लोकल खसी, रिफ्रिरेजटर, डिजेआईको एक्सन क्यामेरा र ड्रोन ७ जनाले पाउने कम्पनीका सँस्थापक ज्ञानेन्द्र खड्काले बताए।मंसिर ५ गतेसम्म लागु हुने ग्यापुको दशैं तिहार धमाकामा सामान्न किन्ने उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने  खड्काले बताए। ग्यापुमा सपिङ गर्दा पहिला भन्दा सस्तो मुल्यमा सामान पाइने छ ।

ग्यापुले प्रभु पे, सेल पे र एनआईसी एसिया बैकंसँगको सहकार्यमा क्यास ब्याक दिने जनाएको छ । अफर अन्तर्गत क्यासब्याक ६० लाख सम्मको रहेको खड्काले बताए। त्यस्तै सेल पे, फोन पे, प्रभु पे, इ–सेवासँगको सहकार्यमा अफर र डिस्काउन्ट दिने बताइएको छ।त्यस्तै ग्यापुमा असोज २३ गते  लाग्ने फ्ल्यास सेलमा सामान किन्ने उपभोक्ताले फोन पेको तर्फबाट बम्पर उपहार पाउनेछन् । कम्पनीका अनुसार फोन पे को तर्फबाट चार जनाले एयर कुलर, बाल्ट्रा जुसर ग्राण्डर कुइजर, होम थिएटर, मिनि पोर्टेबल इलेक्ट्रिक फ्रुट जुसर, लिकेज प्रुफ टिफिन बक्स पाउने छन् । त्यस्तै हरेक साता फोन पे को तर्फबाट १५ जनाले ५ सय बराबरको कुपन समेत पउने जनाइएको छ ।ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट मार्फत अर्डर गर्न सकिन्छ। 

Source: https://bizpati.com/festive/42491

Latest Blog Posts
एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले चार्ड पर्वको अवसरमा क्यास ब्याक अफर योजना ल्या...
अनलाइन शपिङ साइट दराजले दशैं सेल ‘दराज दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । कम्पनीले घर...
भुक्तानी सेवा प्रदायक इसेवा Esewa ले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक य...
ग्यापु मार्केट प्लेसले चाडपर्व लक्षित विभिन्न अफर ल्याएको छ । कम्पनीले  ‘दशैँ तिहार धमाका...