Daraz Dashain Dhamaka Offer

अनलाइन शपिङ साइट दराजले दशैं सेल ‘दराज दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । कम्पनीले घरबाट नै दशैँको किनमेल गर्न सकिने गरी योजना ल्याएको हो । असोज १९ गतेदेखि शुरु हुने यस योजना अन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा मेगा डिल्स्, दराज मलमा पाहिने ब्रान्डेड उत्पादनहरूमा छूट्, आकर्षक भौचर, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० ४ भी एस डि, कार्ड प्रीपेमेन्टमा छूट्, फ्ल्यास सेल्स, निशुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल  गेमहरू, दराज वन रुपी गेम, वील अफ फोर्च्युन र अन्य आकर्षणहरु रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले विभिन्न बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा २० प्रतिशत (अधिकतम २५ सय रुपैयाँ)सम्मको छूट्को पनि व्यवस्था गरेको छ । कम्पनीका अनुसार नबिल बैंक, एनआईसी एशिया, स्टयान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंक बैंकका ग्राहकहरूले यस छुट पाउन सक्ने छन् । 

कम्पनीले अनलाइन लूडो प्रतियोगिताको पनि घोषणा गरेको छ। प्रतियोगिता दराज एपमार्फत श्रीलंका र नेपालका प्रतिद्वन्द्वीहरु बीच हुने छ। पहिलो स्थान प्राप्त गर्ने खेलाडीले १०० अमेरिकी डलरको दराज भाउचर जित्ने, दोस्रो स्थानले ७५ अमेरिकी डलरको दराज भाउचर र तेस्रो देखि पन्ध्रौं स्थानमा पर्ने प्रत्येक खेलाडीहरुले अमेरिकी २५ डलर जित्ने जनाइएको छ ।

त्यस्तै, नेपालबाट सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीले नयाँ सोनी एक्सपेरिया एक्स ए वन डबल जीत्ने सक्ने र दोस्रो र तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः नयाँ टाइटन घडी र मनास्लु गिटार जित्न सक्ने कम्पनीले जनाएको छ । प्रतियोगिता असोज २१ देखि २२ गतेसम्म हरेक दिन दिउँसो १ देखि साँझ ७ बजेसम्म दराज एन्ड्रोइड एपमा आयोजित हुनेछ। कम्पनीका अनुसार प्रतियोगितामा भाग लिनको लागि असोज ५ देखि २१ गतेसम्म दराज एप मार्फत अनिवार्य दर्ता गर्नु पर्ने हुन्छ ।

Source: https://bizpati.com/festive/42392

Latest Blog Posts
एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले चार्ड पर्वको अवसरमा क्यास ब्याक अफर योजना ल्या...
अनलाइन शपिङ साइट दराजले दशैं सेल ‘दराज दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । कम्पनीले घर...
भुक्तानी सेवा प्रदायक इसेवा Esewa ले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक य...
ग्यापु मार्केट प्लेसले चाडपर्व लक्षित विभिन्न अफर ल्याएको छ । कम्पनीले  ‘दशैँ तिहार धमाका...