NIC Asia's new plan, QR Merchant Referral 750

एनआईसी एशिया बैंकले क्यू आर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने 'क्यू आर रेफर एण्ड अन योजना' ल्याएको छ । बैंकका क्यू आर मर्चेन्ट तथा ग्राहकहरूले २०७७ भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी जनाउन सक्ने बैंकले जनाएको छ । 

बैंकका अनुसार यस योजनामा बैंकसँग रहेका क्यू आर मर्चेन्ट एवं ग्राहकहरूले नयाँ क्यू आर मर्चेन्ट रिफर गरेपछि नयाँ मर्चेन्टले  बैंकमा चालु खाता खोलेर क्यू आरमा आबद्ध भएमा रिफर गर्ने मर्चेन्ट एवं ग्राहकहरूले प्रति रिफर मर्चेन्ट ७५० रुपैयाँ खुद रकम पाउने छन् । 

साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्यू आर  मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ  ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्यू आर  पेमेन्टबाट भुक्तानी गर्नेको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थामा मुलुकलाई क्यासलेस इकोनोमि बनाउन सहयोग पुर्याउन यस योजना ल्याएको बैंकले जनाएको छ ।

Source: http://bizpati.com/bank/41273

Latest Blog Posts
एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले चार्ड पर्वको अवसरमा क्यास ब्याक अफर योजना ल्या...
अनलाइन शपिङ साइट दराजले दशैं सेल ‘दराज दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । कम्पनीले घर...
भुक्तानी सेवा प्रदायक इसेवा Esewa ले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक य...
ग्यापु मार्केट प्लेसले चाडपर्व लक्षित विभिन्न अफर ल्याएको छ । कम्पनीले  ‘दशैँ तिहार धमाका...