अनलाइन फूड डेलिभरी सेवा दिँदैं आएको राइड सेयरिङ एप 'पठाओ'ले अनलाइन फूड डेलिभरीमा आकर्षक योजना ल्याएको छ। 'डेलिभरी ह्यापिनेस एट योर डोर स्टेप' नाराका साथ सुरु गरिएको यो योजना अन्तर्गत ग्राहकले फुड मेनुमा ३० प्रतिशत सम्मको छुट र डेलिभरीमा विशेष छुट दिने कम्पनीले जनायो।
कम्पनीका अनुसार करिब ४० वटा रेस्टुरेण्टसँगको सहकार्यमा फूड मेनुमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। ग्राहकले फूड अर्डर गरेको ४५ मिनेट भित्रै डेलिभरी गरिने कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए। 'छोटो समयमा ताजा र तात्कालै फूड डेलिभरी गर्नु पठाओ फूडको विशेषता हो। लामो समयको निषेधाज्ञाले गर्दा होटल तथा रेस्टुरेन्टको परिकारका स्वाद लिनबाट खानाका पारखीहरु बन्चित हुँदै आएका थिए',क्षेत्रीय निर्देशक बस्न्यातले भने, 'अब यो योजना मार्फत आफ्नो रोजाइको रेस्टुरेन्टबाट आफ्नो रुचिको परिकार घर तथा अफिसमै भारी छुटका साथ डेलिभरी मगाउन सक्नेछन्।'
उनका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै दिइने सेवामा ग्राहकले फूडम्यानको लाइभ ट्रयाकिङ गर्न सक्ने र एकै पटक तीन फरक रेस्टुरेन्टबाट अर्डर गर्न सक्नेछन्।
Source: https://bizmandu.com/content/20210627140921.html
*Offerchha is an online aggregator and does not guarantee, approve or endorse the information available on the site.*