Coke supporting Small Retailers in Nepal

कोका–कोलाले महामारीबाट पुन सुचारु हुने क्रममा रहेका किराना र शप अनर्सहरुलाई सहयोग गर्ने योजना बनाएको जनाएको छ । कम्पनीका अनुसार किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका–कोलाले व्हाट्सएप मार्फत दु्रत र सुविधाजनक अडरिंग सेवा सुरु गरेको छ जसले स्वचालित विक्रेता र वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउँनेछ ।यसको साथै खुद्रा विक्रेताहरुले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सीधै अर्डर लिन सक्ने कम्पनीले जनाएको छ । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउँनेछ र फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाइने बताईएको छ  ।  यो प्ल्याटफर्म अरु कम्युनिकेशन एप्लिकेशन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइने कम्पनीले जनाएको छ ।

नेपालका कोका–कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने “ गत वर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो हुन गएन । यो पहलले रिटेलर्सहरुलाई उनीहरुको व्यापारलाई छिटो रिकोभर गर्न सहयोग पुर्याउने छ । यसले ग्राहकहरुलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गरेर ग्राहकहरुसँग बहु डिजिटल विकल्पहरु सहित सम्पर्क राख्नेछ । सेलेक्ट मार्केटबाट सुरु गरिएका यी पहलहरुलाई हामी विस्तारै विस्तार गर्नेछौँ । ” कम्पनीका अनुसार  आफ्नो उत्पादनहरु हरेक चरणमा हाइजेनिकल्ली ह्यान्डल्ड रहेको सुनिश्चित गर्नको लागि थप सावधानी अपनाएको छ । कम्पनीले कोका–कोलाको कूलर र त्यसमा भएको उत्पादनहरु सफा राख्ने क्लिन अप कार्यक्रमको आयोजना गर्ने छ ।

यो पहलले काठमाडौँको रिटेल र किराना स्टोरहरुलाई समेट्ने र कोका–कोलाले हाइजिन र पि.पि. ई किट वितरण गर्ने छ र १००० भन्दा बढी स्टोरहरुमा काउन्टर शिल्डको स्थापना गर्ने कम्पनीले जनाएको छ ।बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने “कोका–कोलाले इकोनोमिक रिकोभरीलाई सहयोग गर्दै आएको छ र हाम्रा खुद्रा विक्रेताहरुलाई सामान्य नेभिगेट गर्न मद्दत गर्ने हाम्रो एउटा जिम्मेवारी रहेको छ । हामी साना व्यवसाय र शप अनर्सहरुको साथमा रहदै आएका छौँ र अर्थपूर्ण रुपमा नेपालको वृद्धि गर्न योगदान पुर्याउँदै आएका छौँ ।”

 

Source: https://bizpati.com/brand-product/50401

*Offerchha has aggregated the information and do not guarantee, approve or endorse the information provided

 

Latest Blog Posts
Now you can order from bhatbhateni and get your groceries delivered to your doorstep by Foodbusters....
अनलाइन फूड डेलिभरी सेवा दिँदैं आएको राइड सेयरिङ एप 'पठाओ'ले  अनलाइन फूड डेलिभरीमा आकर्षक योजना ...
फोन-पेले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ। अफरअन्तर्गत ‘फोन-पे अफर एप’ मा...
कोका–कोलाले महामारीबाट पुन सुचारु हुने क्रममा रहेका किराना र शप अनर्सहरुलाई सहयोग गर्ने योजना ...