City Center's Dashain Specials

कमलपोखरीस्थित सिटी सेन्टरले दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो । किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालीको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ । असोज १६ गते देखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ । 

शपिङ्ग मलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ । लक्की ड्रको कुपन मार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने छ ।यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रि लगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्नेछन् ।विश्वभरी फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिएर, सरकारी निर्देशन अनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको हो । यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेला समेत सुरु भएको छ । 

असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्महल पुनः संचालनमा आउने सिटी सेन्टरले जनाएको छ । चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल संचालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ । 

यो योजना २४ कार्तिक २०७८ (छठ पर्व) सम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

Source: https://bizpati.com/festive/53258

Latest Blog Posts
एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले चार्ड पर्वको अवसरमा क्यास ब्याक अफर योजना ल्या...
अनलाइन शपिङ साइट दराजले दशैं सेल ‘दराज दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । कम्पनीले घर...
भुक्तानी सेवा प्रदायक इसेवा Esewa ले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक य...
ग्यापु मार्केट प्लेसले चाडपर्व लक्षित विभिन्न अफर ल्याएको छ । कम्पनीले  ‘दशैँ तिहार धमाका...