बैंक अफ काठमाण्डूले गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधा प्रदान गर्ने उद्देश्यले बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहेका नेपालीहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिन बैंकले अनुरोध गरेको छ । गैरआवासीय नेपाली महानुभावहरुले यस बैंकमा USD, EUR, GBP, AUD, CAD, तथा JPY मुद्राहरुमा बैंक खाता खोल्न सकिनेछ । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपाली महानुभावहरुले अधिकतम् ५.५ प्रतिशत सम्मको वार्षिक ब्याजदर पाईनेछ ।
बैंक अफ काठमाण्डूले हाल ९४ शाखा, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।