Are you taking a loan from a bank on the security of shares? What is the interest rate of which bank?

काठमाडौं । यतिबेला बैंकहरुले शेयर धितो कर्जामा फोकस गरेका छन् । अघिकाशं बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो राखेर ऋण दिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो राखेर फरक–फरक ब्याजदरमा ऋण दिने गरेको एक अनौचारिक तथ्याङ्कले देखाएको छ ।

नेपाली आईपैसाका अनुसार शेयरधितोमा कर्जा उपलब्ध गराइरहेका विभिन्न बैंकहरुमध्ये सबैभन्दा सस्तो ब्याजदर नबिल बैंकले न्युनतम ७ दशमलव ३२ प्रतिशतदेखि अधिकतम १२ दशमलव ३२ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने गर्दछ । त्यस्तै, एनआइसी एशिया बैंकले न्युनतम ७ दशमलव ७० प्रतिशत ब्याजदरदेखि अधिकतम १२ दशमलव ७० प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी सबैभन्दा महङगो शेयर धितोमा कर्जा कुमारी बैंकले प्रदान गर्दै आएको छ । बैंकले न्युनतम १० दशमलव ८० प्रतिशत ब्याजदरदेखि अधिकतम १५ दशमलव ८० ब्याजदरमा कर्जा प्रदान गर्ने गरेको छ । नेपाल बङलादेश बैंकले न्युनतम ११ दशमलव ३५ प्रतिशत ब्याजदरदेखि अधिकतम १४ दशमलव ८९ प्रतिशत ब्याजदरमा शेयरधितो कर्जा प्रदान गर्ने गर्दछ ।

सरकारी स्वामित्वमा रहेका तीन बैंकले कति ब्याजदरमा दिन्छन् शेयरधितो कर्जा ?
सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकले न्युनतम ९ दशमलव ९७ प्रतिशत ब्याजदरदेखि अधिकतम १४ दशमलव ९७ प्रतिशत ब्याजदरमा उक्त कर्जा उपलब्ध गराउदै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले न्युनतम ८ दशमलव २५ प्रतिशतदेखि अधिकतम ९ दशमलव ५० प्रतिशत ब्याजदरमा शेयरधितो कर्जा दिने गरेको छ भने नेपाल बैंकले न्युनतम ११ दशमलव ०४ प्रतिशत ब्याजदरदेखि अधिकतम १२ दशमलव ०१ प्रतिशतसम्म उक्त कर्जा प्रदान गर्ने जनाएको छ ।

Latest Blog Posts
एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले चार्ड पर्वको अवसरमा क्यास ब्याक अफर योजना ल्या...
अनलाइन शपिङ साइट दराजले दशैं सेल ‘दराज दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । कम्पनीले घर...
भुक्तानी सेवा प्रदायक इसेवा Esewa ले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक य...
ग्यापु मार्केट प्लेसले चाडपर्व लक्षित विभिन्न अफर ल्याएको छ । कम्पनीले  ‘दशैँ तिहार धमाका...